Gold
Bangad salyan

काठमान्डौमा नक्कली पत्रकार कार्ड बनाउने बाँकेका एक सहित ४ जना पक्राउ ,

भदौ २३ ,काठमान्डौ – प्रहरीले नक्कली प्रेश कार्ड बनाउने ४ जनालाई काठमान्डौको बागबजारबाट पक्राउ गरेको छ। उनीहरुले बागबजारमा लक्ष्मण न्यौपानेले संचालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रा.लि बाट नक्कलि प्रेस कार्ड अस्पतालको नक्कलि परिचयपत्रहरु बनाई ५०० सय भन्दा माथिमा बेच्ने गरेको खुलेको छ।

महानगरीय अपराध महाशाखाबाट खटीएको टोलिले उनीहरुलाई हिजो २२ गते पक्राउ गरेको बताएको छ। पक्राउ पर्नेमाहरुमा जिल्ला नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नपा वडानं १३ का लक्ष्मण न्यौपाने रहेका छन् उनि हाल काठमान्डौको रातोपुलमा बस्दै आईरहेका छन् ।

तेस्तै बर्दिया जीलला राजापुर नपा वडानं. १० हाल काठमान्डौ कोटेश्वर बस्ने तारा प्रसाद खड्काको छोरा बर्ष २३ को श्रीराम खड्का,नवलपरासी सुस्ता पुर्व कावासोती नगरपालिका वडान ८ हाल काठमान्डौ भीमसेनगोलामार्ग बस्ने रमेश कुमार रेग्मी र स्याङ्जा जगत्रदेबी गाँउपालिका वडान ९ को राजेन्द्र राज भण्डारी रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले बताएको हो ।

प्रहरीले उनीहरुको साथबाट निम्न समानहरु बरामद गरेको छ ,

बिभिन्न मिडियाहरुको नामको प्रेस आई.डि. कार्ड थान -१०
२. बिभिन्न असपतालको नक्कली परिचयपत्र थान -१५
३. बिभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र थान – ३
४. अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र थान – ३
५. कालो रङको कटर मेसिन थान-१,
६. Canon कम्पनिको स्क्यानर थान-१,
७. Dell कम्पनिको डेक्सटप थान-१, मनिटर थान-१, प्रिन्टर मेसिन थान-२, किबोर्ड थान-१,
८. डेबुक थान-१,
९. सेतो रङको A4 साईजको प्लाष्टिक पेपर थान-२०,
१०. लेमिनेशन मेसिन थान-१