उपत्यकामा थपिए ३९६ संक्रमित ,
भदौ २३ ,काठमान्डौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । जसमा काठमान्डौमा ३००,भक्तपुरमा ५८ ,र ललितपुरमा ३८ जना रहेका छन्।
आजको मितिसम्म कुल कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ,पछिल्लो समय ९०२ जनामा कोरोन भाईरस संक्रमण देखिएपछि यो संख्या पुगेको हो।
तेस्तै विभिन्न प्रदेशमा गरि कुल संस्थागतमा रहनेको संख्या ८ हजार ५३ र होम आईसोलेसनमा ६ हजार ८१५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

