नवलपरासी पश्चिममा ६ वटा ट्याक्टर र १ लाख बढीको अबैध सामान बरामद,
भदौ २३ ,नवलपारासी पश्चिम – नवलपरासी पश्चिममा नारायणी नदिबाट अवैध नदिजन्य पदार्थ उत्खनन् गरिरहेका ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै १ लाख २८ हजार ३ सय मुल्य बराबरको मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरिएको छ ।
मंगलबार सुस्ता गाउँपालिका ३ स्थित नारायणी नदिबाट अवैध रुपमा बालुवा उत्खनन गरी लोड गर्दै गरेको अवस्थामा लु ३ त ४६०८, लु ४ त ३१२९, लु४ त ३१५७, लु २ त ३२०९, लु ४ त २०२६ र लु ४ त १२६३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवशयक कारवाहीका लागी सुस्ता गाउँपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
यस्तै सरावल गाउँपालिका ७ भटौलियाबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको ५८ हजार मुल्य बराबरको २५ बेरामा (७२५ केजी) हरियो केराऊ सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
यस्तै प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियामा दिउँसो ३ बजे नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १६ हजार मुल्य बराबरको ४ बोरोमा (२०० केजी) हरियो केराऊ प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
त्यसैगरी सरावल गाउँपालिका ७ बुलन्दपुरमा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३४ हजार २०० मुल्य बराबरको चुक्कुल, कब्जा, पाईप लगायत बिभिन्न हाडवयेरका समाज सिमा प्रहरी चौकी महेशपुरको टोलीले बरामद गरेको छ ।
यस्तै पाल्हिनन्दन गाउँपालिका ४ लरौलीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १४ हजार ४ सय मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल, ब्लाउजको थान कपडा प्रहरी चौकी गेमीको प्रहरी टोलीले बरामद गरेको छ ।
त्यसैरी पाल्हिनन्दन गाउँपालिका २ गोपालपुरमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ५ हजार ५ सय मुल्य बराबरको २ बोरामा १०० केजी चिनी ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
बरामद गरिएको सबै सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए ।
रविन्द्र यादव ,
नवलपरासी पश्चिम ,

