पत्रकारको नक्कली कार्ड बनाउँदा पक्राउ परेका एक जनामा कोरोना पुष्टि, ,
२४ ,काठमान्डौ – पत्रकारको नक्कली कार्ड बनाउँदा पक्राउ परेका एक जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
नक्कली प्रेस कार्ड बनाउने मुख्य नाईके कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक लक्ष्मण न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नक्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने र ५ सय भन्दा माथिसम्म बेच्ने गरेका तिन जना र एकजना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको थियो ।
तेस्तै पक्राउ गर्ने प्रहरी देखि बयान लिने र अस्पतालमा स्वाब परिक्षण गराउने प्रहरीलाई आईसोलेसनमा राखीएको छ।
‘काठमान्डौ अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार १९ जना प्रहरी कर्मचारीलाई होम आइसोलेसन अर्थात् होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।

