Gold
Bangad salyan

फेसबुकमा फोटो हालेपछि दुई पक्षबिच झडप नियन्त्रणगर्न ७ राउण्ड अश्रुग्यास,

भदौ २७ ,जनकपुरधाम – मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो एक युवाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि दुई समूहबीच झडप भएको छ।

जनकपुरधाम उप,महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार भएको झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ भने अहिले झडप नियन्त्रण भएको छ।

मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच झडप भएको थियो।

विवाद समाधानका लागि दुबै पक्षबीच वार्तासमेत चलिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

पैठाकामा एक हिन्दु समुदायका युवाले मोहर्रमको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो।

विवादले उग्ररुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले आधा दर्जनभन्दा बढ़ी राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।