असोज ५ गतेबाट लामोदुरीका यातायात र हवाई उडान सुरु हुने ,
भदौ २९ ,काठमान्डौ – सरकारले असोज ५ गतेबाट लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन घोषणा गरेयता आन्तरिक उडान र यातायात बन्द गरेको थियो ।

