Gold
Bangad salyan

मन्त्रालयमा पत्रकारको धर्ना,

भदौ ३० ,कैलाली – पत्रकार कुटपिटगरेको भन्दै कैलालीका पत्रकारहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्।

मंगलबार उनीहरुले धनगढीस्थित प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन् भने टिकापुरका पत्रकारले पनि ईलाका प्रशाशन कार्यालय टिकापुरमा धर्ना दिएका छन्।

स्थानीय दिनेश खबरले धनगढीको थुनुवा कक्षमा १९ वर्षीय एक युवकले आत्महत्या गरेको समाचार सम्प्रेषण गरेको थिय।

उक्त विषयलाई असन्तुष्टि जनाउद्नै आएको एक समूहले पत्रकार जनक विष्टलगायतलाई कुटपिट र हातपात गरेको भन्दै पत्रकारहरु विगत तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले प्रेश स्वतन्त्रता सम्मान र रक्षा गर ,शान्ति सुरक्षा कायम गर पत्रकारमाथि कुटपिट गर्नेलाइ कारबाही गर लगायतका स्टिकर देखाउदै धर्ना दिएका छन्।