Gold
Bangad salyan

बलात्कारको घटना गाँउमा मिलाउँदा अर्को घटनाले लियो ज्यान ,

असोज १२ ,काठमान्डौ – गत बुधबार बलात्कार पछि हत्या गरिएकि बझाङ मस्टा गाउँपालिका २ की १२ वर्षीया सम्झनाको हत्याराले यो भन्दा पहिलेपनि गाँउमा एक युवतीलाई बलात्कार गरेको घटना खुलेको छ।

सम्झनाको बलात्कार गरि हत्या गर्ने स्थानीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटना पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए ।

उक्त घटना गाउँमै गुपचुप मिलाइएको खुलेको हो । धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई जबर्जस्ती करणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताए ।कक्षा ५ मा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् ।

यस अघिको बलात्कार घटना गाँउमा अगुप्चुप मिलाईएको पत्र ,

लगतै परिवारले गाँउमा पञ्चायती बसालेका थिए । पञ्चायतीले ‘एकै गाउँका भाइबहिनी हुन्, यो सानो तिनो घटना हो भन्दै राजेन्द्रका घर परिवारलाई राखेर ५ सय रुपैयाँ जरिवाना गरेका थिए।

दुवै पक्षबिच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।

बोहराले यस अघिपनि गाँउमा छोरि गर्ने ,महिलाहरुका गहन लुटपाट गर्ने कसैको घरमा सुटुक्कै पस्ने र छोरि गर्ने गरेको घटना करिब तिन वर्ष जति भएको स्थानीयले बताए। अपराधी बोहरा चरेस, मदिराजस्ता नशालु पदार्थ सेवन गर्ने, एक्लै हिँडडुल गर्न गदथ्यो स्थानियाका साथमा अन्य दुई तिन जना समेत छन्।

पहिलेको बलात्कार घटनालाई पञ्चायतीले गाँउमा गुपचुप मिलाउदा अर्को जघन्य अपराध घटेको प्रहरीको भनाई छ। अनुसन्धान हुँदै छ , पञ्चायतीको पनि खोजतलास गर्छु खड्काले भने।