बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड वा नपुंसक गराउने कानुन ल्याउनुपर्ने महिला सांसदहरुको माग ,
असोज १२ ,काठमान्डौ – १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बताएका छन् ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले कम्तिमा पनि १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्युदण्डको सजाय वा नपुंसक गराउने कानुन बनाउन पहल थाल्नुपर्ने बताएका हुन् ।
त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने उनीहरुले बताएका छन् । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसकी प्रतिनिधिसभामा सचेतक पुष्पा भुसालले ‘१६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था कानुनमा ल्याउनुपर्ने बताईन।
तेस्तै सांसद शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर कानुनमा उल्लेखको लागि छलफल गर्नुपर्ने बताईन ।सांसद शान्ति माया पाख्रिनले २१ वर्ष मुनिका महिलालाई बलात्कार गरे फाँसी हुने कानुन चाहिने बताइन् ।
राष्ट्रियसभामा जनता समाजवादी पार्टीकी सांसद प्रमिलाकुमारीले निर्माला पन्त बलात्कार र हत्याकाण्डदेखि अहिलेसम्म सैयौं बलात्कारका घटना भएका तर न्याय नभएको बताइन् ।
नेपालमा अदैनिक जस्तो बलात्कारका घटना बढिरहेका छन् भने ७ , देखि ९ वटा बलात्कार घटना फिर्ता हुने गरेका छन्। तेस्तै बलात्कारक घटना गाँउमा मिलाउने गुपचुप राख्ने गर्नुले झनै घटना बढिरहेको महिला सांसदहरुले बताएका छन्।

