आज थप १३५१ जना कोभिड १९ का बिरामी फेला,
असोज ११ ,काठमान्डौ – आज नेपालमा थप १३५१ जना कोभिड १९ का बिरामी फेला परेका छन्। गत २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण फेला परेको हो।
तेस्तै हाल देशभर १९६२४ जना सक्रिय संक्रमित रहँदै आएको मन्त्रालयले जनाएको छ। ,तेस्तै संस्थागत आईसोलेसनमा ८५९५ र होमआईसोलेसनमा,१०९२९ जना रहेका छन्।
देशभरका क्वारिनटिनमा ६३१० जना रहिरहेका छन् ,पछिल्लो २४ घन्टामा जम्मा ७४२ जना डिस्चार्ज भएका छन् यो संगै कुल ५४६४० जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन। हाल देशभरका आईसियुमा २२५ , र भेन्टिलेटरमा ३१ जनाको उपचार भईरहेको छ।

