Gold

 अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना बाट ईन्दिराले पाईन १ लाख ,,

Naumule Migrate

रंग दर्पण १२ माघ –  काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट बिजेता बनेकी त्रिपुरेश्वरकी इन्दिरा लामाले बिहीबार नगद एक लाख रुपैयाँ उपहार पाएकी छन् । नोबेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उपहार स्वरुप उनलाई एक लाख रुपैयाँको चेक प्रदान गरे । बुधबार गरिएको लक्की ड्रबाट रसिद नम्बर ११३०१ की लामा विजेता बनेकी थिइन् ।

‘उपहार पाएको खबर सुन्दा आश्चर्य चकित भएँ’ उनले भनिन् ‘उपहार पर्छ भन्ने सोचेकी पनि थिइन ।’ एक लाख रुपैयाँको चेक बुझ्दा उनी निकै खुसी थिइन् ।

त्यसैगरी बानेश्वरका पेम्बा शेर्पाले नगद एक लाख रुपैयाँ उपहार जितेका छन् । बिहीबार श्रेष्ठले गरेको लक्की ड्रबाट रसिद नम्बर ११७१८ का पेम्बा शेर्पाले नगद एक लाख रुपैयाँ उपहार जितेका हुन् । हरेक दिन गरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आएको छ ।

‘उपहार प्रदान गर्नेमा मात्र होइन । ग्राहक बनिसकेका पाठकलाई दिने सेवालाई पनि प्रभावकारी बनाएका छौ’ सर्कुलेशन म्यानेजर मनोज बस्नेतले भने ‘ग्राहक बनेको भोलिपल्टैबाट पत्रिका उहाँहरु समक्ष पुर्याउँछौ ।’ वार्षिक ग्राहकलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्नका लागि सात वटै प्रदेशलाई समेट्ने गरी क्षेत्रीय र केन्द्रिय कार्यालयमा छुट्टै डेक्स समेत संचालन गरिरहेको उनले बताए ।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्लर्ड प्रेसर मेसिन (बिपी मेसिन) उपहार पाउनेछन् । साथै हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ उपहार पाउँछन ।

 

Naumule Badhipahiro