Gold
Bangad salyan

खुलामञ्चमा खाना बाँड्न पुगे बाबुराम भट्टराई,

असोज १४ ,काठमान्डौ – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अधय्क्ष डा. बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका छन् ।

कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन।

बुधबार बिहान ९ बजेतितर खुलामञ्चमा पुगेर भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी गरेका छन् भने उनीहरुलाई खाना समेत बाँडेका हुन्।

पछिल्लो ६ महिनाबाट खुलामञ्चमा हाम्रो टिम नेपाल नामक संस्थाले विपन्न मजदुर वर्गलाई खाना खुवाईरहेको छ।

हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तलाइ हौसला दिदै भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै हौसला र सुभकामना दिएका थिए।

तेस्तै भट्टराईलेपनि मजदुरलाई खाना खुवाउने सहयोग गर्ने र आफुले सक्दो सहयोग गर्ने बताएको पन्तले बताए।