Gold
Bangad salyan

कोरोनाबाट ५०९ जनाको मृत्यु अति संक्रमित जिल्लका जेष्ठ नागरिक बाहिर ननिस्कन आग्रह ,

असोज १५ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या ५०९ पुगेको छ। गत २४ घन्टामा ११ जनाको कोभिड १९ बाट मृत्यु भएपछि मृतकको सो संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै लकडाउन खुकुलो भएसंगै उपत्यका लगायत प्रदेश स्थानीयमा समेत कोरोना संक्रमित थपिदै गएका छन्। सरकारले गत २४ घन्टामा १२४४४ जनाको पीसीआर परिक्षण गर्दा आज देशभर १९११ जना कोरोना संक्रमित फेला परेका हुन्।

घनाबस्तीमा अहिले दैनिक जस्तो कोरोन संक्रमित थपिएका छन् ,आज उपत्यकामा मात्र ९४३ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३० औ जेष्ठ नागरिक दिवसको दिनमा डा रमेश कँडेलले पनि कोरोना संक्रमित दैनिक बढिरहेको बताए। हिजोको दिन विश्वमा कोरोना फैलिरहेकोबेला नेपालमा के होला भन्ने प्रश्न सबैमा थिए।

तर आज त्यो सावित भएको छ ,आज नेपालमा पनि धेरैजस्तो ६५ वर्षभन्दा बढीका जेष्ठ नागरिकलाई असर पारेको डा. कँडेलले बताए।

कोरोना केहि होईन भन्ने हरुकोलागी आज यो प्रमाणित भएको समेत बताए ,ज्वरो नआउदैमा कोरोना छैन भन्ने नहुने समेत उनले बताए ।

तेस्तै स्वास प्रश्वासको समस्या बाहेक अन्य लक्षणहरु जस्तै थाक्ने ,लगातार सुत्ने ,कम्जोर हुँदै जाने,होस् उड्दै जाने जस्ता समस्या आएकाहरुलाई समेत कोरोना संक्रमण देखिनसक्ने कँडेलले बताए।

जसबाट नेपाल सरकारले गरेको मार्ग निर्देशनलाई पालाना गर्ने र अति संक्रमित जिल्लाका जेष्ठ नागरिकहरु बाहिर निस्कन नहुने समेत उने बताए।

अहिले सबैले आफ्नो घरमा रहेका जेस्ठ नागरिक र वृद्द आश्रमका जेष्ठ नागरिकलाई सेहार सुराक्षामा विशेष ध्यान दिन समेत कँडेलले आग्रह गरे।