सर्वाेच्चका न्यायाधीश र कर्मचारीमा काेराेना,
असोज १८ ,काठमान्डौ – सर्वोच्च अदालतका न्यायाधीश अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ ।
आइतबार प्रकाशित विज्ञप्तिमा केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएपछि दशैंअघि सम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

