डा. गोविन्द केसीको पक्षबाट पनि वार्ता टोली गठन ,
असोज २२ ,काठमान्डौ – २३ औ दिन सम्म अनसनरत डा. गोविन्द केसीका तर्फबाट सरकारसंग वार्ता गर्न ४ सदस्यीय टोली गठन गरिएको छ।
केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको हो। टोलीमा डा. अञ्जली कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।
सरकारले डा. केसीसँग वार्ता गर्ने बुधबार वार्ता टोली गठन गरेकेपछि डा केसीका तर्फबाट पनि वार्ता टोली गठन गरिएको बुझिएको छ ।
शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा सरकारले ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

