आज उपत्यकामा २६७२ जना कोरोना संक्रमित फेला ,
असोज २४ ,काठमान्डौ – स्वस्थ्य मन्त्रालयका अनुसार आजमात्र उपत्यकामा २६७२ कोरोना संक्रमित थपिएका छन।
ति मध्ये काठमान्डौमा मात्र २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना रहेका छन् । आज देशभरको कोरोना संक्रमित संख्या ५००८ रहेको छ भने जम्मा १,२२९ डिस्चार्ज भएका छन्।
तेस्तै गत २४ घन्टामा कोरोनाबाट १४ जनाको निधन भएपछि कुल मृतकको संख्या ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको हो।
देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् ।

