कर्णाली प्रदेशमा मुख्यमन्त्री फेर्न पुर्वएमालेहरु एक जुट ,
मुख्यमन्त्रीलाई पुर्वमाओवादीका सांसदलेनै दिएनन साथ् ,
असोज २५ ,सुर्खेत – कर्णाली प्रदेशका नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध आईतबार उनकै दलका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
कर्णाली प्रदेश सभामा ४० सदस्यीय सभामा नेकपाका मात्रै ३३ सांसद छन्। तीमध्ये २० जना पूर्वएमाले र १३ जना पूर्वमाओवादीबाट सांसद भएका छन्।
नेकपा संसदीय दलको कार्यालयमा १८ जना प्रदेश सभा सदस्यले दर्ता गरेको अविश्वास प्रस्तावले आज कर्णाली सरकारमा तरङ्गनै छाएको छ। जसले गर्दा नेकपा केन्द्रिय सरकारमा समेत खैलाबैला मच्चीएको हो।
नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको बताउदै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्द अविश्वास प्रस्तावमा पूर्वएमालेहरू एक भएका छन् भने ३ जना पूर्वमाओवादीबाट सांसद भएकाहरूले पनि शाहीको साथ छोडेका छन्।
जसमा पूर्वमाओवादीका ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी, पुष्पा घर्ती बिष्टले हस्ताक्षर गरेका छन्।
शाहीविरुद अविश्वास प्रस्तावको नेतृत्व सांसद यमलाल कँडेलले गरेका छन्। शाहीविरूद्ध पूर्वएमालेका १५ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।
यसरी हस्ताक्षर गर्नेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल दुबै खेमाका सांसदहरू छन्। कँडेलले आइतबार तीन जना पूर्वमाओवादीका सांसदलाई समेत साथमा लिएर शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए।
मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट भइरहेको थियो।
यमलाल कँडेल,,
अविश्वासको प्रस्ताव दर्ता भएसँगै कर्णाली प्रदेशको नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहले अब संसदीय दलको बैठक बोलाउने छन्।
शाह पनि अहिले अविश्वासको प्रस्ताव ल्याउनेहरूकै पक्षमा छन्। उनले प्रस्तावमा भने हस्ताक्षर गरेका छैनन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर भएपछि २४ घण्टाभित्र बैठक राख्न सांसद हरुले माग गरेका छन्।
बैठक कहिले बस्ने भन्ने भने अहिले भन्न नसकिने हस्तक्षर गर्ने एक नेताले बताए। दलभित्र सल्लाह गरेर मात्र बैठक तोक्ने सचेतक शाहले बताएका छन्।
संसदीय दलको बैठक बस्ने बितिकै मुख्यमन्त्री शाहीलाई हटाएर यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने पक्का देखिन्छ किन कि कँडेल अहिलेपनि बहुमतमा छन्।