सुर्खेतमा मात्र कोरोना संक्रमितको संख्या २,१२१ पुग्यो ५ जनाको मृत्यु ,
असोज २७ ,सुर्खेत – कर्णाली प्रदेशमा आज मात्र १३० जना कोरोना संक्रमित फेला परेका छन् ।,ति मध्ये सुर्खेतमा मात्र १०१ जना नँया कोरोना संक्रमित थपिएपछि सुर्खेतमा कोरोना संक्रमितको संख्या २,१२१ पुगेको छ
,यो मध्ये ५५१ जना डिस्चार्ज भएका छन् भने ५ जनाको निधन भईसकेको छ। तेस्तै आज हुम्ला ४ जना ,जुम्लामा ९ जना ,सल्यानमा ३ र दैलेखमा १३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।
तेस्तै कर्णाली प्रदेशको संस्थागत आईसोलेसनमा ५४८ र होम आईसोलेसनमा ५६० जना रहेका छन्।
प्रदेशका क्वारिनटिनमा ५०२ जना रहेका छन् भने १९ जनाको आईसियुमा उपचार भईरहेको छ।
कर्णाली प्रदेशका विभिन्न जिलामा आजको मिति सम्म ३४९८ जना डिस्चार्ज भईसकेका छन् भने ७ जनाको मृत्यु भईसकेको छ।

