वुँदा टिपोट,
राजन कार्की
असोज २७ ,काठमान्डौ – फरक मत राख्नै नहुने विद्रोही ।। विचार फरक हुनै नहुने सवैको लागि खत्तम नराम्रो भईने । तत्सरणमं यस म्यान भए सवैको असल भईने ।कस्तो विड्मबना ।
हामी नेपाली कति राजनैतिक चेतनाले युक्त रहेछौ त? म पुर्व फर्केर वस्दा मेरो उत्तर बायाँ हुने र ऊ पश्चिम फर्केर वस्दा उसको उत्तर ( दिशा फेरि भौगोलिक दिशा नि ।) दायाँ हुने यति सामान्य सिदान्त नबुझेका पनि हाम्रा नेता रे ।
तै पनि हामीले मान दिएकै हौ । यस प्रसंङ्गमा मलाई एक शास्त्रिय भनाई याद आयो- एक सज्जन चुप रहे भने हजार मुर्खले नपुर्याएको हानी हुन्छ । तपाईले सहि वाटो चुन्न सक्नु भएन भने गलत वाटोले तपाईलाई चुन्छ ।
र सज्जनहरु बोलेनन् भने दुर्जनहरुले तपाईलाई सताउछन् शासन गर्छन । वास्तवमै यो सत्य रहेछ । जुन कार्य नेपालमा भईरहेको छ । उपनाम मख्खीचुस हामीनेपाली ।
– सामाजिक अपराधिहरु सवै कमनिष्ट।
काङ्ग्रेस । केहिलाई छाडेर राप्रपामा पनि छन नेता उपनेता । जो कट्टर प्रजातान्त्रिक गणतन्त्रान्त्रिक र लोकतान्त्रीक अझै वाँकी छ के तान्त्रिक हुने हो? अपराधिक कर्मले जेल वस्ने सवै राजनितिज्ञ । हाम्रो नेपाल मन्डलमा ।
– राजाको कृपा भोगले जीवन गुजारेकाहरु सवकासव प्रजातान्त्रिक गणतन्त्रका र लोकतन्त्रका मिसाह ठिमसल भए । उनिहरुनै उन्नत अनुवाशिक भए । यस परिस्थितिजन्य अवस्थामा “शाहिलो नेपाली” तीन छक पर्नु आश्चर्यको कुरो भएन ।
हामी सवै नेपाली विदेशीका गुलाम हुन तछाड मछाड । यहि त नेपालीको सनातनि विषेषता । यो विषेशता परिवर्तनको संघारमा त देखिन्छ परन्तुः एकहुने छाँट देखिदैन । जसले गर्दा फुटाऊ र राज गरको आत्मावल झन निम्सरो बढदै गएको छ ।
देखावटी छ । अहिलेको सेरोगेशी नेता र पंचायतको सेरोगेशी नेताको सकल,हरकद हुवहु देखिन्छ । सायद गणतन्त्रको आयु सकिएको हो कि ।पंच जति पनि भाग्यमानि छैनन् यिनिहरु ।
उनिहरुलाई त सात खत माफ भएको थियो । तर यी अभागीको सवै हिसाब किताब हुन्छ रे । के थाह ? न यो पनि नारा मात्रै हो कि ?
-घरघरमा पार्टीका सदस्यहरु । अब घर परिवार रहेन ।
-हामी नेपाली अहो भाग्यमानी । रामराज्य देखिएको थिएन आज भोग्न पाईयो ।
-थोरै समयमा धेरै प्रगति देखियो ।
जन्मको सार पूरा भयो । थुप्रै राजनैतिक घटना र प्राकृतिक प्रकोपहरुको साक्षी र भोगी भईयो यस अर्थमा आफ्ले आफैलाई भाग्यमानी ठान्नु पर्दछ । मैले मात्र होईन सवै जनजनले ।
– हामी त सधै प्रयोगशाला त नहौ । अब देश अन्तिम प्रयोगशाला हुदैछ । सवैले हेक्का गरौ । यसपछी मौलिक नेपाल फर्कन्छ कि ? सायद जनताको चेतना वढेको छ ।
– देशको माया हामी जस्ता कमजोर र गरिव नियति बनाईएकाहरुलाई हुदो रहेछ । टुप्पावाट पलाएकाहरुलाई होईन ।
– यस्तै सज्जन यस्तै पिडित र देशभक्तहरुका कारण नै आज सम्म देश जोगिएको हो । घिसिङ, केसी , पुन, ळामिछाने खरेल लगायत यावत छन । अरु स्मरण मात्र भए पनि गरौ । लेख्दा बुँदा भरिन्छ अतःएंवः यी थर मात्र होईनन् । पहिले आम नेपाली हुन् ।
– अवको दिनमा यो श्रृखला पनि टुटने देखिन्छ । अ- नागरिक हुनुको पीडा आँखा अगाडी प्रस्ट छ । धुन्धकारी विदेशीका भाट, ट्टटु गाईने सेरोगेशी र टेष्टटुबीहरुले यो देख्ने कुरा भएन । अनि पो आवश्यकता भन्दा वढि र धेरै बाठो हुदैछन ।
– नागरिक फेरि जुर्मुराउन थाले , लाग्छ- शासकको राम्रो कामको लागि सायद जिस्म मनाउन होला ।-नेपाली जनता यति धेरै सुखी त नेपालको ईतिहासमा कहिल्य भएका छैनन् संभवतः हुदैनन् पनि ।
वास्तवमै यो जनताको कम्मनिष्ट शासक जनताको रहेछ । ८० लाख युवा जनतालाई विदेशमा रोजगारी दिन सक्नु खुद्रा कुरा हुनै सक्दैन ।
याहाँ भएका भए सत्ता गई सक्थ्यो ,जति कुमाई उति घुमाई यिनिहरुलाई शासन सत्तामा होईन राशन र आशनमा राख्नु पर्ने ,के गर्नु मेरो दुई तिहाई छैन ।
यिनिहरुकै कारण देशको यो हालत भएको हो जनता जनार्दन कुरो वुझ्दैनन । नबुझे टन्नटै खतम । क्षेत्री ठकुरी र मतवाली हुने होड चलेको । मितको जे गति मेरो त्यहि गति । हम तो चले सनम आपको भि ले जाउगां ।
– चुच्चे नक्शा मात्र किन ?मानसखन्ड र हिमव्रत क्षेत्र सहितको ग्रेटर नेपाल बनाउन पनि सक्थ्यो किन गरेन?
-नेपालको मौलिक सनातनि ब्यवस्था मासेर नेपाल युरोपियन युनियनको सदस्य बनाउन नसक्ने महेन्द्र सरकार भन्दा तेर्हथुमे फुकफाकेका छोरा माहान हुन ।
-दुई तिहाईलाई हेप्नी । विदेशी नीति गणतन्त्रको विजय ।
-माओले भनेझै कमनिष्ट साधरण सदस्यको नगद र जिन्सी भन्ने हुदैन जति सम्पति हुन्छ त्यो सवै नागरिक र राज्यको हुन्छ ।
हा. हा.अहिले नेपालमा सवै भन्दा गरिव तिनै कमनिष्टहरु छन रे नि त सायद यो अपुस्ट समाचार हो कि?
वास्तवमा सच्चा कमनिष्ट यी पो रहेछन् र सि चिनफिङले धन्यवाद दिए ।
-अनि पो नाक घिरौला भएको रहेछ ।
जनताको आशालाई हुवहु लागू भएको देख्दा जनता जिल्ल र उदेक मानिरहेका छन् । सपनिमा हात्तीको मासु खाई रहेका छन् । वाजेको पाला ध्यू खाँएथे हात सुङसुङ ।
तव न नेपाली कमनिष्ट जिन्दावाद । नारा घन्की रहेछ ।
-यतिको रमाईलो क्षण अब आउदैन । जिउदै स्वर्गको अनुभुत भईरहेछ ।
-यो स्वर्णिम युगको ईतिहास, स्वर्णिम पानाको ईतिहासमा रहिरहने छ ।
– तर यसै भन्न सकिँदैन ।जनता कतिखेर सपना वाट विउँझिने हुन र हाम्रो भागाभाग हुने हो ।? कसैकसैले त विदेशतिर वरालिदा भने झै मकामको जग हालिसेके । कोहि छनौट गर्दैछन ।
आखीर खान खेल्न मोज गर्न आर्का घरमा मजाले सुत्ने बेला आफ्नै घरमा । जसको यो ब्यवस्था छैन । आयो निदरी तेरो काल हुने हो । सनातनि मौलिक हिन्दु नश्लमा पादरीको भोग ।
गणतन्त्रवादीहरुको सबैभन्दा ठूलो चिन्ता र समस्या यहि हो । संभवतः छिट्टै सुध्रिय नेपाली जनता दयांको खानी केही खत माफ हुन सक्ला । ढिला भए भन्न सकिन्न । किनभने समय परिवर्तनशिल छ । परिवर्तन नै समयको माग हो ।
– हामी र हाम्रो सभ्यता दर्शन शास्त्रिय वन्धन र सुविधा ,परम्परा मौलिकता नेपालीपन यी यावत पुर्विय दर्शननै जगतकै अनुकरणिय सभ्यताको प्रतीक हुन ।
जुन सभ्यतालाई पश्चिमा लगायतका विश्व श्रदाले झुक्छन, स्नेहले पग्लन्छन् । आश्चर्य चकित हन्छन । हामी गर्वले शिर ठाँडो पार्छौ । संसारकै अद्धितिय प्रजातान्त्रिक र मानवअधिकार हाम्रै हो । विचार गरौ ।सवैलाई चेतना भया । अस्तुः ।।

