प्रवक्ता श्रेष्ठ :बाबुराम भट्टराईले अध्यक्षदोयमा ९ अर्ब घुस खाएको भन्ने अभिव्यक्ति कपोकल्पित र निराधार हुन् ,
असोज २८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी( नेकपा )का नेता तथा पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठ (प्रकाश)ले केहि दिनएता पार्टीका अध्यक्षदोव प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी परियोजनामा ९ अर्ब भ्रस्टाचार गरेको भन्ने समाचार कपोकल्पित र निराधार भएको बताएका छन्।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केहि दिन अगाडी सार्वजनिकरुपमा केपी ओली ,प्रचण्ड र नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढी गण्डकी परियोजना ९ अर्ब घुस लागेको आफुसंग प्रमाण रहेको बताएका थिए।
उक्त विषयलाई खण्डन गर्दै श्रेष्ठले आज एक विज्ञप्ति जारि गर्दै त्यस्ता कृतिम प्रकारका हावा र भ्रमको खेतिका पछाडी नलाग्न र प्रमाण भए राज्यको आधिकारिक निकायमा पेश गर्नसमेत भट्टराईलाई चुनौती दिएका छन्।
तेस्तै राज्यको गरिमामय उच्च पदस्थ समालिसकेका व्याक्तिबाट यस्ता आपतिजनक र जैरजिम्मेवारी अभिव्यक्तिकानिम्ति सार्वजनिक क्षमा याचना हुनुपर्ने समेत बताए।
तसर्थ आफ्नो पार्टीलाई लगाईएका आरोप आधारहीन झुठ दुरासयपूर्ण भएकोले नेपाल कम्युनिस्ट पार्टी नेकपाले खारेज र खोर भत्सना गरेको श्रेष्ठले जानकारी दिए।
भट्टराईले आफ्नै पालामा ओली ,प्रचण्ड र शेरबहादुर देउवाले बुढीगण्डकी परियोजनामा ९ अर्ब घुस खाएको र अहिले सम्म उक्त परियोजना रोकीएको बताएका छन्।
विशेष छानबिन समिति बनाउनसके आफुले प्रमाण दिने र आफुले गलत बोलेको भए जुनसुकै कारबाही भोग्नसामेत तयार रहेको बताएका छन्।


