Gold
Bangad salyan

हेरफेरमा विष्णु पौडेललाई अर्थमन्त्री,

असोज २८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई प्रधानमन्त्रीले अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्।

यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् ।

तेस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफै राखेका हुन्। यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यथावत रहेका छन् ।