आफुलाई दिएको दशै भत्ता फिर्ता लिन भिम रावलको संसद सचिवालयलाई पत्र ,
कार्तिक २ ,काठमान्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्।
आईतबार संसदका महासचिवलाई पत्र पठाउँदै रावलले दसैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गर्दै पत्र पठाएका हुन्। कोरोना महामारीकाबेला दशैँ भत्ता नलिने र नलिने नीति बनाउनुपर्ने रावलले बताए।
खातामा पठाइसकेको ६४ हजार ७० रूपैयाँ रकम संसद सचिवालयले फिर्ता लिन असहज भए आफूले उक्त भत्तावापतको रकमको चेकसमेत उपलब्ध गराउने रावलले पत्रमा उल्लेख गरेका छन्।
नभए आफ्नो आगामी महिनाको पारिश्रमिकबाट दसैं भत्तावापतको रकम कट्टी गर्न सांसद रावलले माग गरेका हुन्। कोरोन अमहमारिको बेलामा पनि सांसदले दशैँ भत्ता बुझेको जानकारी पाएपछि रावलले यस्तो बताएका हुन।


