Gold
Bangad salyan

प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या आसंकामा ११ जना पक्राउ ,

कार्तिक ३ ,धनगढी – प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

कैलालीको धनगढी गट्टा चौकिमा कार्यरत असैइ गोबिन्द ड्यूटीमा खटिएको समयमा मोहना खोला किनारमा उनको शवफेला परेको छ।

मोहना नदि नेपाल भारतको सिमा हो। धनगढी,१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीमा १०-१२ जनामात्रै प्रहरी छन् ,विक केही महिनादेखि उक्त चौकीका इञ्चार्जको रुपमा नागरिकलाई सुरक्षादीइरहेका थिए।

,तेस्तै गोविन्द संगै ड्यूटीमा खटिएका प्रहरी जवान राम बहादुर साउद भने बेपत्ता छन। प्रहरीले उनको खोजि गरिरहेको छ।

गोविन्द विकको घाटी रेटिएको र टाउकोमा पनि चोट लागेको अवस्थामा फेला परेको कैलालीका प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले बताए।

दुबैजना हिजो बेलुका ८ बजेतिर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल लिएर ड्युटीमा निस्केक थिए ।

लामो समय सम्म नफर्कीएपछि र कार्यालयको सम्पर्कमा नआएपछि माथिल्लो निकायमा सम्पर्क गरि खोज तलास गर्दा बिहान ९ बजेतिर मोहनामा गोविन्द विकको शव फेला परेको थियो ।

शव भेटिएको ५० मिटर माथि नदीभित्रै एउटा मोबाइल फेला परेको छ। मोबाइल भएको नदी किनारतिर रगतका डाम पनि रहेको प्रहरीले बताएको हो।

वेपत्ता रहेका प्रहरी जवान राम बहादुर साउद,

विक ५ वर्षअघि असईमा नाम निकालेका उनी अब इन्स्पेक्टरका लागि तयारीमा थिए। यसका लागि फिजिकल जाँच दिएर काठमाडौंबाट दुई साताअघि मात्र फर्केका थिए।

मोहोना नदि किनारामा भारतबाट तस्करी हुने गर्दछ हत्या भएको पारि भारतीय बजार सुडाबाट नुनदेखि सुनसम्म तस्करी हुन्छ।

तस्करहरुलाई रोक्न खोज्दा उनीहरुको हत्या हुनसक्ने बिष्टले बताए। उक्त बाटोबाट मानिसको बेच बिखन समेत हुने गरेको स्थानि बताउछन।

घटनास्थल वरपर प्रहरीले कडा सुरक्षा दिइरहेको छ। मोहना नदीमा सशस्त्र प्रहरीको गोताखोर टोलीले वेपत्ता प्रहरी जवानको खोजी गरिरहेको छ ।

असई बिकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ। पोष्टमार्टम बाट केहि क्ल्यु पत्ता लाग्ने प्रहरीले बताएको छ।

तेस्तै भारतीय समकक्षीसँग समन्वय गरी पारी पनि सशस्त्र र नेपाल प्रहरीका छुट्टाछुट्टै टोली परिचालित भएको डिएसपी बिस्टले बताए।