Gold
Bangad salyan

अब कोरोना संक्रमितले पहिले १५ हजार जम्मा गरेपछि मात्र उपचार गर्छौ,

कार्तिक ४ ,काठमान्डौ – अब कोरोना संक्रमितले पहिले अस्पतालमा शुल्क जम्मा गरेमात्र उपचार अगाडी बढ्ने भएको छ।

सरकारले कोरोना भाईरस (कोभिड १९ ) का बिरामीलाई गत २ गते एक विज्ञप्ति जारि गर्दै निशुल्क उपचार नगर्ने बताएपछि अस्पतालले धमा धम शुल्क लिन सुरु गरेका छन्।

यो संगै अस्पतालले शुल्क लिने सुचना समेत निकालेका छन् ,त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालले सुरुमानै कोरोनाका बिरामीले पांच दिनको शुल्क बुझाउन भनेको छ भने सिभिल अस्पतालले त सूचनानै निकालेको छ।

एक जना अकोरोना संक्रमितले अब पाँचदिनको १५ हजार शुल्क डिपोजिट गरेमात्र उपचार हुने भएको छ। तेती मात्र हैन बिरामीले क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा गर्न भनिएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत २ गतेको सूचनामा खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ भने संगै अस्पतालले यो नियम लागु गरिसकेका छन् ।

सरकारको निर्णयमा सामान्य लक्षण भएकाहरुले हरेक दिन ३५ सय, मध्यम लक्षण भएकाहरुले ७ हजार र आईसीयूमा भर्ना हुनेहरुले १५ हजार तिर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए।

यो उपचार र औषधि वापतको खर्च हो ,खानाको कति लिने भन्ने अझै निर्णय नभएको उनले बताए। टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले भने सरकारबाट निर्देशिका आएपछि मात्रै बिरामीबाट पैसा लिने बताए ।

अहिले मन्त्रालयबाट कुनै पत्र वा निर्देशिका आएको छैन अहिले हामीले संक्रमितबाट पैसा लिन मिल्दैन उनले भने।