जनताको आधारभूत आवस्यकतालाई ख्यालगर्दै सांसद बिष्टले फिर्ता गरे दशैँ भत्ता ,
कार्तिक ४ ,काठमान्डौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कर्णाली प्रदेश सभा सदस्य सांसद ठम्मर बिष्टले दशैँ भत्ता स्वरुप उपलब्ध भएको रकम फिर्ता गरेका छन्।
जनताको स्वास्थ्य र आम जनताको आधारभूत आवस्यकतालाई ख्याल्नै नगरी सरकारले ल्याईएको रकम भत्ता कोरोना संक्रमितलाई उपचार हुनेगरी फिर्ता गरेको सांसद बिष्टले बताए।
साथै समय परिवेशलाई ख्याल नगरी जनतामाझ नकारात्मक प्रभाव पर्नेगरी व्यवस्था गरिएको रकम संथागतरुपमानै कोभिड १९ कोषमा स्तान्तरण गर्न कर्णाली प्रदेश सभा सचिवालयलाई ध्यानआकर्षण गराएका हुन्।
जनप्रतिनिधिले व्यक्तिगतरुपले दशैँ भत्ता फिर्तागर्ने कार्य सकारात्मक हुँदा हुँदै बजेट वितरण गर्ने कार्य संस्थागत रुपमानै खारेज हुनुपर्ने बिष्टको माग छ।
कोरोना महामारीको बिचमा जन्ताले दुख पईरहेकोबेला दशैँ भत्ता बुझ्नु उत्तम नहुने सांसद बिष्टको भनाई छ।
तेस्तै सरकराले कोरोना संक्रमितले उपचारको लागि रकम जम्मा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ताहुनेपर्ने बिष्टले बताए।
महामारीको बेला जनतालाई दुखदिनु र उपचारबाट सरकार पन्क्षिन मिल्दैन स्वस्थ्य मन्त्रालयले निकालेको विज्ञप्तिमा हामि सबैको ध्यानाकर्षण भएको छ उनले भने।

