Gold
Bangad salyan

नेकपाले यो वर्ष चियापान कार्यक्रम नगर्ने ,

कार्तिक ,११ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतेकवर्षमा जस्तै गर्दै आईरहेको चियापान कार्यक्रम यो स्थगित गरेको छ।

नेकपाले मंगलबार एक विज्ञप्ति जारि गर्दै कोरोना महामारीका कारण यस वर्षको सुभकामना आदानप्रदान र चियापान कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो।

‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

तेस्तै नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा सम्पूर्ण स्वदेश र विदेशमा रहने नेपालिहरुलाई सुभकामना ब्यक्त गरेको छ।