Gold
Bangad salyan

शक्तिशाली भुकम्प ४ जनाको मृत्यु थप विवर आउँन बाँकी,

कार्तिक १४ ,काठमान्डौ – भर्खरै टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएकाे खबर प्राप्त भएको छ ।

तेस्तै भूकम्पबाट कम्तिमा १२० जना घाईते भएको भन्ने खबर समचार संस्था एएफपीले जानकारी गरेको छ।

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसकाे एथेन्स र इस्तानबुल बुल्गेरियामा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण सुनामी समेत आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सन् १९९९ मा टर्कीकाे उत्तरपश्चिमी भूभागमा ७.४ म्याग्नेच्युडकाे भूकम्प जाँदा १७ हजार मानिसको मृत्यु भएको थियो ।

यस्तै सन् २०११ मा भानकाे दक्षिणपूर्वी क्षेत्रमा भूकम्प जाँदा ६ सय भन्दा बढीकाे मृत्यु भएकाे थियाे ।