मोटो रकमसहित माधवको घरमा जुवा खेलिरहेका १२ जुवाडे समातिए
काठमाडौ,१७ कार्तिक । भक्तपुर नगरपालिका–१० कमलविनायकमा माधव सुवालका घरमा जुवा तास खेलिरहेका अवस्थामा प्रहरीले आज १२ जनालाई प,क्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले सुवालसहितलाई प,क्राउ गरेको हो ।
प्रहरी परिसर भक्तपुरका अनुसार जुवाखालबाट प्रहरीले रु एक लाख ९० हजार ५०० बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

