उपत्यकामा १३३८ जनामा कोरोना भाइरस संक्रमण

२१ कात्तिक, काठमाडौं । अत्याधिक कोरोना बढेसंगै पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।

कहाँ कति संक्रमित

पछिल्लो २४ घण्टामा कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०र७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०र२०, धादिङ र सिन्धुपाल्चोकमा १९र१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४र१४, रौतहट र नुवाकोटमा १३र१३, दोलखा र नवलपरासीमा १२र१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०र१० जना संक्रमित भेटिएका छन् ।

दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७र७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५र५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४र४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३र३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २र२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १र१ जना संक्रमण देखिएको छ ।