Gold
Bangad salyan

धुम्बाराहीमा बसेको अनौपचारिक नेकपाको सचिवालय बैठक सम्पन्न

२१ कार्तिक,काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहालले पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएको अनौपचारिक सचिवालयको बैठक सम्पन्न भएको छ ।

आज ३ बजे बसेको बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओली समुहका कोही पनि सहभागी नभएको भएपनि बैठक प्रम ओलीकै सहमतिमा राखिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैंठकमा उपस्थित नेताहरुले पार्टी एकताको विषयमा आ आफ्नो राय सुझाव दिएका थिए । भोली सामूहिक सहमतिकै आधारमा फेरि बैंठक बोलाउने निणर्य भएको छ, प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले फेरि थपे,आजको सचिवालय बैठक अनौपचारिक बैठक हो, प्रधानमन्त्री तथा अध्यक्ष ओलीजीकै सहमतिमा कार्यकारी अध्यक्षले सचिवालयको अनौपचारिक बैठक बसेको हो ।