‘ब्लड क्यान्सर’ पीडीत कपिल राजीलाई उपचारको लागि आर्थिक सहयोगको अपिल

काठमाडौँ – नेपालमा ब्लड क्यान्सरका बिरामीहरु दैनिकजसो बढिरहेका छन् । त्यो समस्याले कसैको ज्यान समेत गएको छ । भने आर्थिक रुपमा सम्पन्न मान्छेहरु बाँच्न पनि सफल भएका छन् । रोग भन्ने कुरा कोही कसैले चाहेर लाग्ने र नचाहेर नलाग्ने भन्ने हुँदैन । त्यसमाथि पनि ‘ब्लड क्यान्सर’ । समयमा नै उपचारका लागि पैसा जम्मा भए निको हुन्छ । तर, केही मात्र ढिला गरिएमा ज्यान तलमाथि हुन्छ ।

त्यस्तै भएको छ ब्लड क्यान्सर पीडित सुर्य ज्योति माबी मेहेलकुनाका लेखापाल एवम नेपाल बिद्यालय कर्मचारी परिषद गुर्भाकोट नगर समितिका सचिब सन्त बहादुर राजिका छोरा कपिल राजी एक्युट ल्युकेमिया नामको ब्लड क्यान्सरबाट ग्रसित भई उपचारको क्रममा रहेको र आर्थिक समस्याका कारण उपचारमा कठिनाई भएकाले कपिलको जिबन रक्षाको लागि उपचारको सहयोग गरिदिन हुन् अपिल गरेका छन् ।

धेरै थोरै रकम सहयो गर्दा कोही कसैको ज्यना बाँच्छ भने किन सहयोग नगर्ने ? धर्म कर्म गर्न कुनै मठ मन्दिर, तिर्थ यात्रा जानु पर्दैन । मनैबाट सहयोग गरौं त्यो नै धर्म हो । ग्लोबल आईएमि बैक गुर्भाकोट सुर्खेतको शाखा सन्त बहादुर राजिको खाता नम्बर R८०८०१०००००९८ र कुमारी बैक मेलकुना ०७०००३१५३२९००००१ मा रकम जम्मा गरिदिएर सहयोग गर्न सन्तले सबैमा आग्रह गरेका छन् । ।