Gold
Bangad salyan

गुर्भाकोटमा संघीय सांसद धुरब शाहीले उद्घाटन गरेको योजना बन्यो विवादास्पद ,

कार्तिक २९ ,काठमान्डौ – गुर्भाकोट नगरपालिका ४ पारेखेतमा चिस्यान केन्द्र निर्माणको लागी प्रदेश सरकार कृर्षि मन्त्रालयको पशु कार्यालय मार्फत गत ०७६/७७ आवमा संचालन भएको चिस्यान केन्द्रको उद्घाटन आज एक समारोहका बिच त्यस क्षत्रका संघीय माननिय धुब्र कुमार शाहीवाट उद्घाटन गरीए संगै बिबादमा तानिएको छ ।

प्रक्रियागत कानुनी र ब्याबहारीक रुपमा समेत उक्त उद्घाटन कार्यक्रम बिबादास्पद बन्न पुगेको हो ।

कुनै पनि सरकारको योजनाको कार्यक्रमको उद्घाटन, शीलान्यास, अनुगमन वा निरीक्षण गर्दा सर्बप्रथमत संबन्धीत कार्यक्रम र क्षत्र जोडीएको जनप्रतिनिधी उपस्थीत हुने परंपरा छ ।

स हीसाबले त्यस क्षेत्रका माननिय ठम्मर बिष्टको उपस्थित अनिवार्य नैं हुन आउथ्यो भने अर्कोतिर सो कार्यक्रमसंग जोडीएको कार्यालय प्रदेश पशु सेवा कार्यालयको प्रमुख वा उसले तोकेको कार्यालयको प्रतिनिधी हुनु पर्थ्यो।

,अनि मात्र सरकारी योजनाको पारदर्शीता र जवाफदेहीताको बिषय संबन्धीत जनप्रतिनिधी र कार्यालयवाट जनताले स्पष्ट रुपमा सुचनाको बास्तबिक जानकारी पाउन सक्थे ।

तर यो कार्यक्रममा नत त्यस क्षेत्रका प्रदेश सांसद ठम्मर बिष्ट नै कार्यक्रममा उपस्थित देखीए भने ,नत कार्यालयको प्रमुख वा कुनै प्रतिनिधीनैं उपस्थित भएको नैं अवस्था थियो ।

यसले एकातिर गलत पद्धति परंपरा र नजिर बस्ने कुरा समेत त्यतिकै गम्भीर बनेको छ भने अर्कोतिर न्युन्तम मुल्य मान्यता र अवधारणा पुरा नगरी केवल जनप्रतिनिधीलाई बिकासवादी देखीने रहरले सो शहकारीले यस्तो कार्यक्रम त्यस क्षेत्रका संघीय माननिय धुब्र कुमार शाहीको दवावमा राखीएको भन्ने कुराले समेत यस भित्र लुकेको रहस्य के हो भन्ने थप कौतुहलता जगाएको छ ।

उक्त कार्यक्रमको लागी करीब ५० लाख रकम छुटयाइएकोमा करीब ३३ लाख रकम बराबरको बजेटवाट उक्त योजना संपन्न हुन लागेको कार्यालय श्रोतले जनाएको छ ।

श्री पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमीटेडको उक्त शहकारीका अध्यक्ष महेश वलीले कार्यक्रमको सभापतित्व गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथी धु्रब कुमार शाही नैं थिए ।

तिहारको बिचमा गरीएको उक्त कार्यक्रममा मानिसहरुको उपस्थिती खासै थिएन भने यस्तो बिबादास्पद कार्यक्रममा नजाने भन्दै नागरीक अगुवा, सरोकारवाला एबं दलका नेताहरु समेत कार्यक्रमको निमन्त्रणा भएपनि कार्यक्रमको प्रक्रिया नपुगेको भन्दै आफुहरु उक्त कार्यक्रममा उपस्थित नभएको जानकारी गराए ।

कार्यक्रमवारे पशुकार्यालयका निर्देशक खड्क सिंजालीसंग सपर्क गर्न खोज्दा यो कार्यक्रम बारे आफु अनबिज्ञ रहेको जानकारी गराए ।