Gold
Bangad salyan

मध्येराति बस दुर्घ,टना,तिहारको मुखमा रुवाबासी

३० कार्तिक-तिहार सुरु भएकै दिन बस दुर्घटनामा परेर बैतडीमा ९ जनाको मृत्यु भएपछि तिहार खल्लो भएको छ। नौ जनाको ज्यान जाने गरी बैतडीमा दुर्घ,टना भएको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राती भएको बस दुर्घ,टना प्रकरणमा अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्लामा शोकमग्न वातावरण भएकाले यो वर्षको तिहार निकै खल्लो भएको छ । ‘म आँफै पनि सुदूरपश्चिम बासि हुँ । आफू बस्ने ठाउँ आफु बस्ने प्रदेशमा आफुले चिनेको ठाउँमा बस दुर्घ,टना भएको ‘त्यो दृश्य देख्दा,सुन्दा मलाई अहिले पनि नरमाइलो लागिरहेको छ । त्यो पी,डा भुल्नै सकिदैन्। यो दुर्घ,टनाले तिहारको कुनै रमझम छैन् ।’

बस दुर्घ,टनामा एउटै वडाका मान्छेको ज्या,न गएपछि तिहारको कुनै रौनक नभएको दोगडाकेदार गाउँपालिका ६ का भोजराज जोशी बताउछन । ‘चाडपर्वको मुखमा भएका यस्ता घट,नाले चाडपर्वको कुनै रौनक रहेन’, उनले भने, ‘पुरै गाउँ शोकमग्न छ । यो वर्षको तिहार पुरै खल्लो भएको छ।’बैतडीमा भएको बस दुर्घ,टनाले यो वर्षको तिहार मात्रै नभएर मृत,कका परिवारका हरेक चाडपर्वलाई खल्लो हुने वातावरण बनाएको छ ।

चाडपर्वको बेला भएकाले दुर्घ,टनामा गुमाएका सदस्यलाई सम्झिँदा अबका चाडपर्व समेत खल्लो हुने मृ,तक कविन्द्रराज जोशीका आफन्त हेमराज जोशीले बताए। ‘यो तिहार मात्रै होइन् । अब आउने हरेक तिहारमा हामीलाई आफ्ना परिवारका सदस्यको सम्झनाले सताउने छ’, उनले भने, ‘यो दुर्घ,टना हाम्रो परिवारका लागि खिल बनेर बस्यो।’दुर्घ,टनामा साथीहरु गुमाउँदाको पीडा निकै दर्द,नाक भएको स्थानीय शैलश धानुकले बताए । उनले भने, ‘संगै पढेका साथीहरु पनि यो दुर्घ,टनामा हामीले गुमायौं। यो वर्षको तिहार निकै खल्लो भएको छ । यो तिहारमा कुनै उमंग छैन्।’

जिल्लामा भएको बस दुर्घ,टनाले चाडपर्वका बेला नरमाइलो वातावरण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘यो वर्ष एकातिर कोरोना भाइरसको महामारीले चाडपर्व त्यस्तो खासै मनाउन पाइएको छैन् । अर्कोतिर यो घ,टनाले जिल्लावासीलाई दुःखी बनाएको छ।’