नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा,प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे
३० कार्तिक – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ५ बजे शितल निवास पुगेका थिए। नेकपाभित्र आन्तरिक वि,वाद उत्कर्षमा पुगेका बेलामा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।
शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रचण्डको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेको बताइएको छ । तर प्रचण्डको प्रतिवेदनलाई लिएर प्रधानमन्त्री निकट नेताहरू भने आक्रोसित बनेका छन्। प्रधानमन्त्री निकटका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रुपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन्।
पार्टीभित्र वि,वाद बढेका बेलामा राष्ट्रपति भण्डारीले पटक पटक चासो राख्दै आएकी छन् । केही दिनअघि उनले उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापासँग भेट गरेकी थिइन्। नेकपाभित्रको वि,वादमा चासो राखेको भन्दै नेकपाभित्र र बाहिर उनको राष्ट्रपति भण्डारीको वि,रोध हुँदै आएको छ । शनिबार पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच २ घण्टाभन्दा बढी कुराकानी भएको बताइएको छ।

