कोरोनाको बढ्दो जोखिम,कोरोना संक्रमणबाट डा. झा र थापाको मृ,त्यु
२ मंसिर, काठमाडौं । कोरोनाको जोखिम दिन प्रतिदिन बढीरहेको छ । कोरोना संक्रमण भनेर कतिलाई निको भएको छ भने कति मृ,त्युको मुखमा पुगेका छन् । अब चिसो बढेसंगै झन् जोखिम बढ्ने आकलन देखिएको छ ।
कोरोना भाइरस(कोभिड)१९ को संक्रमणबाट दुई डाक्टरको मृ,त्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा। डा। सुनिल झा र डा। नारायणबहादुर थापाको मृ,त्यु भएको हो ।
झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमका प्राध्यापक समेत हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृ,त्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृ,त्यु भएको अस्पताल स्रोतले जनाएको छ । डा। थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृ,त्यु भएको हो ।