ओली-प्रचण्डबीच गम्भीर टकराव

३ मङ्सिर,काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी भित्रको किचलो अझै सकिएको छैन । एकले अर्काको अडान नमाने पछी पार्टी भित्र बि,बाद चुलिएको हो । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीले रोक्न खोजे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा बैठक नरोक्ने अ,डान लिएकको छ । ओली पक्षले प्रचण्डले प्रस्तुत गरेको छुट्टै प्रतिवेदन फिर्ता नगरेसम्म बैठक नराख्ने अडान लिएपछि विवाद बढेको बेला प्रचण्ड जुनसुकै हालतमा पनि बैठक राख्ने तयारीमा छन् ।

बैठक रोक्न ओलीको सन्देश लिएर महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगेका थिए । उनले प्रचण्डसँग बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेपनि प्रचण्डले अस्वीकार गरेको बुझिएको छ । यसो हुँदा भोलि बैठक भन्दा अघि नै नेकपा फुटको संघारमा पुग्न सक्ने खतरा उत्पन्न भएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले धुम्बाराहीमा बैठक राख्ने तयारी गरेका छन् ।

उनले प्रचण्डलाई बैठकमा डाक्ने र नआएमा आफै अध्यक्षता गरेर अगाडि बढ्ने भएका छन् । प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले छलफल गरेर बैठक बसी स्थायी कमिटी डाक्ने तय गरेका छन् । १५ मंसिरमा केन्द्रीय कमिटी बैठक पनि बस्ने तय भएको छ । अब नेकपाभित्रको वि,वादको टुंगो पार्टी कमिटीबाट लगाउने गरी प्रचण्ड पक्षीय नेताहरु अगाडि बढेका छन् ।