ट्याक्टर खस्दा चालकको मृ,त्यु
४ मंसिर,ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका–१ मालवासेमा ट्याक्टर दुर्घ,टनामा परी चालक संखुवासभा, मुढेशनिश्चरेका थलबहादुर गुरुङको ज्या,न गएको छ ।
बुधबार बेलुकी भएको दुर्घटनामा भोजपुरको दिङ्ला घर भएका सह–चालक आकास सुनुवार घा,इते छन् । अरुणभ्याली हाइड्रोको निर्माण सामग्री लिएर जाँदै गरेको लु४त २३६० नम्बरको ट्याक्टर सड,कबाट खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार २४ वर्षीय गुरुङको घटनास्थलमै मृ,त्यु भएको हो । सहचालक सुनुवारको जिल्लाकै समर्पित अस्पतालमा उपचार भइरहेको छ ।

