Gold
Bangad salyan

उपत्यकामा फेरी कोरोना संक्रमित बढ्न थाले ,

मङ्सिर ४ ,काठमान्डौ – काठमान्डौ लगायत उपत्यकामा अघिल्लो दिनको भन्दा आज फेरी कोरोना संक्रमित बढ्न थालेका छन्।

आज उपत्यकामा थप १२ सय २९ जनामा कोरोन पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज काठमान्डौमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण फेला परेको हो ।

कोरोनाबाट हालसम्म काठमाडौंमा ३१२, जना भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाको मृत्यु भईसकेको छ ।

यस्तै उपत्यकामा अत्यधिक भिड भाड बढ्न थालेको छ ,लकडाउन खुलेपछि काठमान्डौ लगायत उपत्याकाका ब्यस्त सडकमा यातायातको चाप बढेको देखिन्छ।