Gold
Bangad salyan

कोरोनाबाट एकै दिन २२ जनाको मृत्यु ,

मङ्सिर ५ ,काठमान्डौ – नेपालमा कोरोनाबाट गत २४ घन्टामा २२ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ। नेपालका विभिन्न अस्पतालमा उपचारको क्रममा कोरोनाबाट २२ जनाको निधन भएको हो।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । नेपालमा पनि पछिल्ल्लो समय कोरोनाबाट मर्नेको संख्या बृदी भएको मन्त्रालयको आंकडा रहेको छ।

तेस्तै देशको आधा कोरोना संक्रमित उपत्यकामा मात्र ग्फेला परेका छन्। हाल सम्म उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ जना संक्रमित पुगेको छ भने देशभर संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको हो ।