गाई मारेको आरोपमा १ जना पक्राउ
बैतडी, ५ मंसिर । ११ वटा गाई मा,रेर फालेको आरो,पमा प्रह,रीले एक जनालाई पक्रा,उ गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ वटा गाई मा,रेर फालेको भेटि,एपछि प्रहरीले पुर्चौडी–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई प,क्राउ गरेको हो ।
गाईलाई भीरबाट खसालेर मा,रेको आशंका गरिएको छ । प,क्राउ परेका पार्कीमाथि गौह,त्या अभियोगमा मुद्दा दा,यर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ । प्रहरीले सोही वडाका सुरेश पार्कीको भने खोजी भइरहेको बताएको छ ।
पाटन नगरपालिकाबाट प्रतिगाई २ हजार ५०० का दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ । नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि २ हजार ५०० रुपैयाँका दरले २९ वटा गाई जिम्मा लगाएको थियो । शुक्रबार सिगास सामुदायिक वनको भेरी खोला पानीको मुहानमा ११ वटा गाई मृत फेला परेका थिए । म,रेका गाईको व्यवस्थापन पाटन नगरपालिकाले गर्ने भएको छ ।