१९८० जनामा कोरोना संक्रमण
८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् । योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।
कहाँ कति संक्रमित – पछिल्लो २४ घण्टामा काठमाडौमा ७७९, ललितपुरमा १४३, झापामा १०६, भक्तपुरमा ८५, चितवनमा ८३, कास्कीमा ७०, काभ्रेपलाञ्चोक र मकवानपुर ५४र५४, दाङमा ५१, सुनसरीमा ५०, रुपन्देहीमा ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गोरखामा ३८, मोरङमा ३७, कैलालीमा २६, नवलपरासी पूर्वमा २०, दोलखा, नुवाकोट, तनहुँ र बागलुङमा १६र१६, पर्सा र बाँकेमा १५र१५ जना, धादिङमा १४, सिन्धुपाल्चोकमा १३, संखुवासभा, सप्तरी र प्युठानमा १२र१२ जनामा संक्रमण पुष्टि भएको छ ।
ताप्लेजुङ र कपिलवस्तुमा ११र११, पाल्पामा १०, नवलपरासीमा ९, स्याङ्जा र जुम्लामा ८र८, डडेल्धुरामा ७, संखुवासभा, रसुवा, पर्वत, सल्यान र कञ्चनपुरमा ६र६, इलाम, म्याग्दी, लमजुङ, बर्दिया र सुर्खेतमा ५र५ जना संक्रमित भेटिएका छन् ।
उदयपुर, बारा, रौतहट र सिराहामा ४र४, खोटाङ, धनुषा, सर्लाही, रामेछाप, सिन्धुली, अर्घाखाँची, दैलेख र डोटीमा ३र३, ओखलढुंगा, भोजपुर, महोत्तरी, गुल्मी, बैतडी र अछाममा २र२, तेह्रथुम, पाँचथर, कालीकोट र बझाङमा १र१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।