Gold
Bangad salyan

१९ सय ८० जनामा कोरोना संक्रमण, १६ को मृत्यु

९ मंसिर,काठमाडौं-नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १८ हजार ८८४ जना छन् भने ६२९ जना क्वारेन्टाइनमा रहेका छन्। सोमबार ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।