Gold
Bangad salyan

बलात्कारीको घरमा स्थानीयले लगाए आगो ,

मङ्सिर ९ ,महोतरी – महोत्तरीमा बलात्कारिको घरमा स्थानियले आगो लगाईदिएका छन । महोत्तरीको बर्दिबासमा ६ बर्षकि बालिका गुलाब साहाको अपहरण पछि बलात्कार गरि हत्या भएको थियो ।

देशमा पटक पटक बलात्कार भैइरहदा समेत राज्यले कुनै चासो नदिने र बलात्कारि बचाउने गरेको छ ।

अति भए पछि आम युवा मिलेर बलात्कारीको घरमा आागो लगाई दिएका हुन,भने बलात्कारीलाई स्थानीयले आफुहरुको जिम्मा लगाईदिन समेत माग गरेका छन।

बलत्कारी अहिले प्रहरी नियन्त्रणमा छ , बलात्कारीलाई जन्ताको जिम्मा नलगाए सम्म आन्दोलन नरोकिने उनिहरुको माग छ ।

न्याय मरेको देश भन्दै युवाहरु बलत्कारी घर नजिकै आन्दोलन गरि रहेका छन्। बलात्कारीलाई मृतुदण्ड दिनुपर्ने वा स्थानीयको जिम्मा नलगाए अब प्रतेक बलात्कारीको घरमा यसरिनै आगो लगाउने युवा युवतीले बताएका हुन्।

बर्दिबास ,१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।

यो पनि,

बलात्कारीको घरमा स्थानीयले लगाए आगो ,

महोत्तरीको बर्दिबासबाट ईशारा लामा ,