बलात्कारी बचाउन प्रहरीले स्थानीयलाई हान्यो गोलि तिन जनाको टाउको फुट्यो ,

मङ्सिर ९ महोतरी बर्दिबास – बलात्कारीलाई कारबाहीको माग गर्दा सरकारले गोलि हानेको छ , गोलि लागेर ३ जना गम्भीर घाईते भएका छन् ।

बर्दिबास,१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा उत्रिएकालाई प्रहरीले गोलि हानेको छ।

गोली लागेर बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने,श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी पनि घाइते भएका छन्।

संजयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ। बर्दिबास चोकमा मृतक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ भने प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन्।

प्रदर्शनकारीले प्रहरी बिटमा पनि ढुंगा मुढा गरेका छन् भने आगो लगाईदिएकाछन् ,बिहानैदेखि बन्द भएको राजमार्ग प्रहरीले बल प्रयोग गरेर संचालनमा ल्याएको छ।

बलात्कारीको घरमा स्थानीयले लगाए आगो ,