Gold
Bangad salyan

उत्तर कुमार रोकायको दसौ बार्षिक पुन्यतिथि सम्पन्न,

मङ्सिर ९ ,सुर्खेत – आज स्वर्गीय उत्तर कुमार रोकायको दसौ बार्षिक पुन्यतिथि मनाई एको छ।

पश्चिम रुकुम चौरजाहारी नगरपालिका वडा न ३ का उत्तर कुमार रोकाय तत्कालिन नेपाल वाइसियल जिल्ला कमिटि रुकुमका सदस्य हुन् भने धुर्बतारा युवा क्लब चौरजाहारी नगरपालिका ३ स्यालखोला कोषाध्यक्ष पनि हुन्।

रोकाय भेरी नदिमा पौडि खेलेर पार गर्दा चौरजाहारी अन्तर्गत पर्ने लामाबगरमा बगेर मृत्यु भएको थियो।

आज दसौ बार्षिक पुन्यतिथिको अवसरमा स्वा उत्तर कुमार रोकायको शालिकमा फुलमाला तथा अबिर लगाएर आफन्त स्थानीयले सम्झना गरेका हुन्। उनको जन्म २०४८/ ११ / १४ गते रुकुम पश्चिममा भएको थियो।