उपत्यकामा थप ७८५ जनामा कोरोना पुष्टि

काठमाडौं -पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ७८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकाका ७८५ जनासहित १६ सय १४ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१६ हजार ७९३ जना कोरोनाका संक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।  बिहीबार कोरोनाबाट २३ जनाको भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।