१७०३ जनामा कोरोना संक्रमण
१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।
कहाँ कति संक्रमित-पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६०, मोरङमा १०९, झापामा ९६, रुपन्देहीमा ७०, भक्तपुरमा ६३, कास्कीमा ५४, दाङमा ४५, सुनसरीमा ३९, कैलालीमा ३७, काभ्रेमा २८, बाँकेमा २६, चितवनमा २५, बर्दियामा २३, मकवानपुरमा २१, पाल्पामा १७, नुवाकोटमा १६, तनहुँ र नवलपरासीमा १५र१५ संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरमा १२, धनुषा, कपिलवस्तु, गुल्मी र बैतडीमा ११र११, दोलखा, पर्वत र स्याङ्जामा १०र१०, पर्सा, सुनसरी, सिराहा र जुम्लामा ९र९, गोरखा, दैलेख, अछाम र बझाङमा ८र८, धादिङमा ७, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेल्धुरामा ६र६ र लमजुङमा ५ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी, सिन्धुली, नवलपरासी पूर्व, जाजरकोट र सुर्खेतमा ४र४, खोटाङ र प्युठानमा ३र३, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुमा २र२, इलाम, ओखलढुंगा, धनकुटा, संखुवासभा, रसुवा, अर्घाखाँची, रुकुमपश्चिम, डोटी र दार्चुलामा १र१ जनामा संक्रमण पुष्टि भएको छ ।