Gold
Bangad salyan

काठमान्डौमा राजावादीको प्रदर्शन ,

मङ्सिर १५ ,काठमान्डौ – काठमान्डौमा सोमबार मईतिघर मण्डलामा राजावादीहरुले प्रदर्शन गरेका छन्। राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले राजा आऊ देश बचाउ भन्दै प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले राजा आऊ देश बचाउ ,हाम्रो राजा परान भन्दा प्यारो छ ,गणतन्त्र मुर्दावाद भन्दै नाराबाजी गरेका हुन्।

माइतीघरदेखि नयाँ वानेश्वरसम्म देखिएको जुलुसमा हातमा रास्ट्रिय झण्डा बोकेको र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

अहिले देशमा अराजाको माग गर्दै विभिन्न ठाँउमा र्याली निकालेको देख्न सकिन्छ। यो विषयमा सरकार पक्षले भने कुनै पनि जवाफ दिएको छैन भने एक्सन पनि लिएको देखिदैन।