Gold

भक्तजनकालागि पशुपतिनाथ मन्दिर खुल्ला गरिने ,

Naumule Migrate

मङ्सिर १५ ,काठमान्डौ – भक्तजनकालागि आउदो पुष १ गते देखि पशुपतिनाथ मन्दिर खुल्ला गरिने भएको छ। भक्तजनले प्रवेश गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ जसको लागि पशुपति विकाषले नियम समेत बनाएको छ।

भक्तजनलाई एक ढोकाबाट प्रवेश गराई अर्को ढोकाबाट निकाल्नुपर्ने समेत निर्णय भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले रंग दर्पणलाई बताए।

कोरोना भाईरस संक्रमण नेपालमा बढेपछि गत वर्षको चैत ११ गतेदेखि पशुपतिनाथ मन्दिर पुर्णरुपमा बन्द गरिएको थियो।लामो समयदेखि मन्दिर बन्द भएको र भक्तजनले दर्शन गर्न नपाएपछि गुनासो समेत गरेका थिए।

नेपालमा अन्य क्षेत्र खुल्ला गरेपनि पशुपतिनाथ बन्द रहेपछि विश्व हिन्दू महासङ्घलगायत अन्य सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।

Naumule Badhipahiro