१४९० जनामा संक्रमण पुष्टि
१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा ५६५ महिला र ९२५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ५४७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ७४१ होम आइसोलेसनमा छन् भने ३६५ जनाको आईसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रमित – मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३१ जना, ललितपुरका १३४ र भक्तपुरका ५८ जना छन् । यस्तै कैलालीका ११२ जना, दाङका ६९, कास्कीका ५८, चितवनका ४८, झापाका ३१, मोरङका २९, रुपन्देहीका २८, सुनसरीका २४, नुवाकोटका २३, बाँकेका २२, इलाम र गोरखाका २१र२१, काभ्रे र पाल्पाका १९र१९ जना, मकवानपुरका १८, कञ्चनपुरका १७, धादिङका १६, तनहुँका १४, रामेछापका १३, अछामका ११, धनुषा र सिन्धुलीका ९र९ जना तथा सिराहा र बाजुराका ८र८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रसुवाका ७ जना, नवलपरासी, प्युठान, बर्दिया र बझाङका ६र६ जना, पर्सा, महोत्तरी र दोलखाका ५र५ जना, रुकुमका ४, उदयपुर, बारा, नवलपुर र गुल्मीका ३र३ जना, धनकुटा, सप्तरी र सर्लाहीका २र२ जना तथा ताप्लेजुङ, पाँचथर, भोजपुर, सिन्धुली, रोल्पा, डडेलधुरा र दार्चुलाका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।